यात्रीबाहक बसमा एक पुरुषको शव भेटियो



ढल्केबर, माघ १५ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीबाहक बसमा एक जना पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्री टोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताए ।

उनका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि आर्लिएको समयमा यादवलाई मृत अवस्था भेटिएका थियो । उनी सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढेका थिए ।

तत्काल मृत्युका कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिए ।

बसलाई हाल इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्