अध्यादेश कार्यान्वयन फास्टट्रयाकबाट गर्ने सरकारको निर्णय



काठमाडौ,माघ १५ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले जारी गरेको अध्यादेश  फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ ।

सरकारले सिफारिस गरेर राष्ट्रपतिले हालै जारी गरेको अध्यादेश  कार्यान्वयनका लागि नियमावली बनाउने काम भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सवा गुरुङले जानकारी दिए । 

यही माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनकै दिन सरकारले हालै जारी गरेका अध्यादेशहरू संसदमा पेश गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदको  बैठकले सहिद सप्ताहको अन्तिम दिन भोलि सहिद दिवस सरकारी तवरबाट मनाउने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्