गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षण गर्नुपर्छ : नेता डा.कोइराला



चितवन,माघ १७ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

देवघाटमा जारी महामहोत्सवमा नेता डा.कोइरालाले धर्म र नैतिक शिक्षाको अभावले समाजमा विकृति बढेको भन्दै धार्मिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा बढ्दो भ्रष्टाचारलाई मानव प्रवृत्तिसँग जोड्दै, पैसाको पछि मात्रै लाग्दा समाजमा नैतिकता हराउँदै गएको बताए । 

देवघाट महामहोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराजले देवघाट महामहोत्सव जस्तै धार्मिक महोत्सवहरूले समाजमा आस्थाको पुनर्जागरण मात्र नभई, आर्थिक र सामाजिक रूपमा समेत योगदान दिनसक्ने बताए । 

उनले नेपाली सभ्यताको रक्षाका लागि सम्पूर्ण धार्मिक, सामाजिक, र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । 

मातापिता आश्रम निमार्णाथ जारी महामहोत्सव माघ ३० गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्