करेन्ट लागेर गोरखामा वृद्धाको मृत्यु

गोरखा,माघ १८ । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।
उहका अनुसार बिहीबार दिउँसो २ बजे घरबाट निस्केका सार्कीले हलो बनाउनका लागि रुख काट्न गएका थिए । अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ७ बजे मृत फेला परेका थिए ।
उनले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छुदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुबेदीले जानकारी दिए ।