खोलेगाउँ महोत्सवमा दारी बा ले भने ‘आउनुहोस् सुरुङमार्ग हामी आफै खनौ!’



नुवाकोट,माघ १८ । जिल्लाको शिवपुरी गाउँपालिकामा आजदेखि सुरु भएको खोलेगाउँ महोत्सव तथा सोनाम ल्होछार विशेष कार्यक्रममा चर्चित हास्यकलाकार सुरवीर पण्डित (दारीबा)को प्रस्तुति विशेष रह्यो।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा भएको खोलेगाउँ महोत्सव तथा ल्होछार पर्व विशेष कार्यक्रममा कलाकार दारीबाले सुरुमा वियोगान्त गीत ‘पैसा कस्ले किन बनायो ?’ गीतमा अभिनय गरेका थिए ।

प्रस्तुतिको क्रममा हास्यकलाकार दारीबाले काठमाडौदेखि नजिकैको दुरीमा रहेको यस क्षेत्रको भ्रमण भने जीवनको उत्तरार्धमा गर्नु पाएको भन्दै खुशी व्यक्त गरे।

उनलेे नुवाकोटको प्रवेशताका सुरुङमार्गको कुरा बेलाबखत सुन्ने गरेको तर कामले पूर्णता नपाएको भन्दै दुख व्यक्त गरे । उनले व्यंग्य गर्दै भने – “सुरुङको चर्चा धेरै भयो। नेताहरुले काम गरेनन कि तपाईं हामी अहिलेदेखि नै खन्ने हजुर ?”

कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सव तथा पर्व विशेष कार्यक्रममा विभिन्न कृषि उत्पादनका वस्तु तथा सामग्रीको प्रदर्शनी राखिएको छ । महोत्सव भोलि १९ गतेसम्म चल्नेछ ।

पूरा भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्