प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी

नुवाकोट,माघ १९ । नेकपा एमाले सङ्गठन प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार भएको सङ्गठनको सातौं अधिवेशनबाट अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको हो । अध्यक्ष अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
संगठनको उपाध्यक्षमा सुनिल श्रेष्ठ, महिला उपाध्यक्षमा सुमित्रा पौडेल, सचिवमा केदार ढकाल, उपसचिवमा कृष्णप्रसाद अधिकारी र कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन् ।
सदस्यहरुमा किशोर ओली र लक्ष्मीप्रसाद रिमाललाई चयन गरिएको छ । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भट्ट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेललाई चयन गरिएको छ ।
यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरुषोतम रिजाल र सुशिला लामिछानेलाई चयन गरिएको छ ।