प्रेस चौतारी रसुवाकाे अध्यक्षमा घिमिरे

रसुवा,माघ २० । प्रेस चौतारी नेपाल जिल्ला शाखा रसुवाकाे अध्यक्षमा बलराम घिमिरे निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको चौथौँ जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
प्रेस चौतारीको उपाध्यक्षमा विजया तिवारी, सचिवमा सरस्वती न्यौपाने, काेषाध्यक्षमा गङ्गा मिजार र सहसचिव मञ्जु तामाङ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सूर्यबहादुर थाेक्रा, साेममाया तामाङ, सुष्मा न्यौपाने र राकेश लामा चयन भएका छन् ।अधिवेशनले दिपक लामा र गङ्गाकुमारी मिजारलाई केन्द्रीय प्रतिनिधि तोकेको छ ।
प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङलाई तोकिएको छ ।