त्रिशूली नदीमा शव फेला, घटनाबारे अनुसन्धान जारी



गोरखा,माघ २० । जिल्लाको गण्डकी गाउँपालिका-२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ। शव शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार, शव ५०-५५ वर्षका पुरुषको जस्तो देखिन्छ। उनले भने, “पोष्टमार्टमका लागि शव गोरखा अस्पताल ल्याएका छौँ।”

घटनास्थलमा प्रहरी र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीको संयुक्त प्रयासमा शव निकालिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्