आज सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो



काठमाडौ,माघ २० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार २३ सयले बढेर सुनको सोही मूल्य कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्