नुवाकोट थान्सिङका र्‍यापर सागर सुनारको संघर्ष र सफलताको चर्चा



उनि हुन नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङका र्‍यापर सागर सुनार । उनको जन्म २०५४ माघ १४ गते नुवाकोटको थान्सिङस्थित मकै चौरमा भएको हो। उनि अहिले २७ बर्षका भए । उनको बाल्यकाल सामान्य रूपमा बित्यो गाउँघरमा पहिलादेखि नै उनी कविता,गीत,संगीतमा रुचि राख्थे जब उनले बिस्तारै समाज बुझ्दै गए समाजमा धेरै विसङ्गति देख्न थाले। छुवाछुत, विभेद, बलात्कार जस्ता कयौं समाजिक समस्याहरु देखेपछि मनमनै आन्दोलित भए । उनी कवितामा अनि गीतमा र्‍याप देख्थे । नेपाली र्‍यापर यम बुद्दबाट प्रेरित भएका उनी बिस्तारै कवितालाई र्‍यापपट्टि ढाल्दै गाउन कोसिस गर्न थाले । स्कुलमा हुने कार्यक्रममा पनि सागर कविता र्‍याप गाउथे ।स्कुले जीवन पछि पढाई संगै बिस्तारै हिपहप तिर उनको मोह बढन थाल्यो अनि उनले हिपहप र्‍यापको ऐतिहासिक पक्ष खोजि गर्न थाले।

के हो त हिपहप र्‍याप भनेको ? यस्को सुरुवात कसरी भयो ? भन्ने बारे उनी स्वयं खोजीमा लागे जब उनले यो सबै थाहा पाए अनि अझै काठमाडौ प्रवेश पश्चात् उनी हिपहप र्‍यापमा अनुसन्धान गर्न थाले। त्यसो त जीवनमा अझै कष्ठकर दिनहरु सुरु भयो उनको । काठमाडौं मा काम गर्दै पढ्दै संगीत गर्न साह्रै गारो बनायो उनलाई । कहिले त भोकै सुत्नु पर्थ्यो कहिले हरेक समय नै उस्तै वर्वादी बनिदिन्थ्यो । यस्तो समय पनि आयो कि उनि सङ्ग पैसा नभएकै कारण कलेजको यात्रा समेत जान पाएनन् । मुर्ति काम मात्र नभई उनि होटेलमा भाडा माझ्ने काम पनि गर्न विवश बने । जीवनको बाटोमा हरेक कुराहरुलाई पार गर्दै अघि बढिरहे उनी । करिब ६ वर्षदेखि निरन्तर हिपहप र्‍यापमा लागिरहेका छन उनी। उनले हिपहप र्‍यापलाई समाजको ऐनाको रुपमा बुझेका छन।

‘जब समाजका बिकृति बिसङ्गति देख्न थाले अनि हिपहपमा लागे’ उनले भने- ‘मध्यम वर्गीय परिवारमा जन्मिनु नै अभिशप्त भयो मलाई । ‘ उनि सानैदेखि कविता कोर्नमा रुचि राख्थे । उनको घरमा हजुरआमा,आमा,बुवा,भाई,बहिनि र उनी छन। उनको बुवा गाउँमा खेती किसानी र पुर्खौलि पेशा आरन गर्छन् । विक्रम संवत २०७१ सालमा उनले महेन्द्र उच्च माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । २०७२ सालको भुकम्पले उनको १ बर्ष पढाईमा बाधा पुग्यो उनि २०७३ सालमा काठमाडौं आएर मुर्तिको काममा लागे।

त्यसपछि फेरि त्यहाँ काम छोडेर २०७४ सालमा काठमाडौं ग्वार्कोको प्रभात कलेजमा ११ मा भर्ना भइ पढ्न थाले । त्यहाँ पनि तामाको काम, मुर्ति बनाउने काम गर्न सुरु गरे। पढ्दै काम गर्दै र्‍याप पनि गाउथे। त्यो समय निकै कठिन थियो र फेरि केहि समय पछि त्यहाँ पनि काम छोडेर होटेलमा काम गर्न थाले तर हिपहप र्‍याप लाई भने कहिल्यै छोडेनन । र्‍याप हिपहपलाई समाजले हेर्ने नजर फरक छ सानैदेखि समाज सेवामा उनको एकदमै इच्छा थियो उनि सुख दुख धेरै परिस्थितिहरु पार गर्दै अघि बढ्दै छन।

अहिले उनी काठमाडौ बालाजुस्थित नेपालटारमा बस्छन् । अहिले उनि सुनको काम लगायत गीत संगीत र अन्तर्वार्तामा व्यस्त छन अहिले उनका गीत सङ्घर्ष, अस्मिता गायप , किसान, आमा,बाध्यता जस्ता गीत सार्वजनिक भैसकेका छन् । समाजले हिपहप र्‍यापलाई हेर्ने नजर फरक भए पनि उनि भने हिपहप समाजको ऐनाको रुपमा चित्रण गर्छन् । हिपहपबाट पनि समाज परिबर्तन गर्न सकिन्छ है भन्दै उनी लागि परेका छन् । उनले आफ्नो र्‍यापबाट समाजमा घटेका बिकृति बिसङगति प्रस्तुत गर्दै सकारात्मक सन्देश दिदै आएका छन् ।

उनले अरुले भन्दा छुटटै तरिकाबाट बुझ्छन हिपहप र्‍यापलाई। यस माध्यमबाट पनि समाज परिबर्तन गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन् । यसबाट पनि समाजका हरेक कुराहरु राख्न सकिन्छ भन्ने बुझ्न सकिन्छ उनि भन्छन् ।

सागरले जलजला राष्ट्रिय संगीत तथा चलचित्र अवार्ड २०८०, आदर्श राष्ट्रिय अवार्ड २०८१,जेनियस संगीत अवार्ड २०८० र दोस्रो कल्चर राष्ट्रिय संगीत अवार्डको उत्कृष्ट र्‍यापरको रूपमा परिचित छन् । उनि स्टेज सो र पोडकास्टमा हाल व्यस्त छन् । उनका थुप्रै गीत बजारमा आउने तयारीमा छउन्जेल ।

प्रतिक्रिया दिनुहोस्