ताप्लेजुङका तीन पत्रकार सम्मानित



ताप्लेजुङ,माघ २३ । ताप्लेजुङका तीन जना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गरेको हो । 

जयमती कर्णबहादुर पुरस्कार २०८१ बाट नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् । यस्तै, भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कारबाट २०८१ नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष मदन गौतम र प्रेस चौतारी नेपाल पुरस्कारबाट पत्रकार लोकेश लिम्बू सम्मानित भएका छन् । 

उनीहरूलाई जनही नगद १० हजार १ सय ५ रुपियाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्