वर्षा कुँवरलाई ‘मिसेस् ब्युटी क्विन’को उपाधि



काठमाडौ,माघ २३ । ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस् ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फस्ट रनर अप’ उनले भने ‘सेकेन्ड रनर अप’ रिन्जु कुसवहा भइन ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्