नुवाकोटमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

नुवाकोट,माघ २३ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत जिल्लाको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलका चालक वर्ष २२ का जीवन राईले ज्यान गुमाएका छन् । दुर्घटनामा बसमा सवार १९ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।