भारतले संसदमा मैथली र संस्कृतलाई पनि दियो मान्यता



काठमाडौँ,माघ २९ । नेपालको प्रतिनिधि सभाजस्तै भारतीय संसदको तल्लो सदन लोकसभामा अब मैथली, संस्कृत र उर्दुसहित थप ६ भाषामा कामकाज हुने भएको छ ।

त्यहाँका सभामुख ओम बिरलाले मंगलबार संसदमा यसबारे जानरकाी दिएका छन् । उनले सांसदहरूलाई ‘अबदेखि संसदको कार्यवाही अन्य ६ भाषाहरूमा समेत उपलब्ध गराइने’ जानकारी दिए ।

समाचार एजेन्सी पीटीआईले बिरलालाई उद्धृत गर्दै लेखेको छ, ‘मलाई यो घोषणा गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ कि संसद भित्र, हिन्दी र अंग्रेजी बाहेक, संसदको कार्यवाही पहिले नै दश भाषाहरूमा उपलब्ध छ । जसमा आसामी (असमिया), बङ्गाली, गुजराती, कन्नड, मलयालम, मराठी, उडिया, पञ्जाबी, तमिल र तेलुगू समावेश छन् ।’

‘अब हामीले अरु ६ भाषाहरु अर्थात् बोडो, डोगरी, मैथली, मणिपुरी, संस्कृत र उर्दू गरी पनि यसमा समावेश गरेका छौं,’ सभामुख बिरलाले थपे, ‘यससँगै अब हाम्रो कोसिस रह्नछ कि, यी अतिरिक्त १६ भाषाहरूमा पनि अनुवाद होस् । जबजब यसका निम्ति जनशक्ति प्राप्त हुन्छ, हामी तिनीहरूलाई रूपान्तरण गर्ने प्रयास गरिरहेका छौं।’

बिरलाले भारतीय संसदलाई ‘संसारमा सबैभन्दा धेरै भाषाहरूमा अनुवाद गर्ने विश्वकै एक मात्र लोकतान्त्रिक संस्था’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्