कार्यसम्पादन मुल्यांकनमा नुवाकोटमा लिखु गाउँपालिका उत्कृष्ट



नुवाकोट,माघ ३० । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो वर्ष नुवाकोटमा लिखु गाउँपालिका उत्कृष्ट भएको छ।

आयोगले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोकिएका विभिन्न १७ वटा सूचकमा सबैभन्दा धेरै अङ्क प्राप्त गर्दै लिखु गाउँपालिका उत्कृष्ट भएको हो।

आयोगले निर्धारण गरेको सूचकमा लिखु गाउँपालिकाले ७३.१ अङ्क हासिल गरेको छ। नुवाकोटमा दोस्रो हुने गाउँपालिकामा शिवपुरी गाउँपालिका रहेको छ। शिवपुरी गाउँपालिकाले ६९ अङ्क हासिल गरेको छ। त्यस्तै म्यागङ गाउँपालिकाले ६५.२ अङ्क प्राप्त गरेको छ।

बिदुर नगरपालिकाले ५८.६ र बेलकोटगढी नगरपालिकाले ५२.९ अङ्क ल्याएको छ । त्यस्तै तादीको ६३.४, पञ्चकन्याको ६१.८, तारकेश्वरको ४८.४, दुप्चेश्वरको ५९.९, सुर्यगढी ४९.२, किस्पाङ ५६.७ र ककनीको ५४.५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्