सञ्चारिका समूह नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ



नुवाकोट,फागुन १ । सञ्चारिका समूह नेपाल नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छिन्। बुधबार भएको भेलाले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।

तामाङको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको छ । उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने र कोषाध्यक्षमा प्रितिका थापा रहेका छन्।

भेलाबाट सदस्यहरूमा २ जना चयन गरिएको छ। सदस्यमा पार्वती विक र विनिता पनेरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्