दाङ घोराहीमा आगलागी हुँदा चार पसलमा क्षति



दाङ,फागुन १ । घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो ।

साँझको समयमा पसल बन्द गरेर घर गइसकेको समयमा आगलागी हुँदा एउटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । प्रहरी नायव उपरीक्षक शाहका अनुसार अन्य पसलमा भने सामान्य क्षति भएको छ ।

पसलमा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकलसँगै नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा ल्याएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए । पसलमा आगलागी कसरी भयो र के कति क्षति भयो भन्ने विवरणआउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्