कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक



काठमाडौँ,फागुन २ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ।

शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेदेखि सुरु भइ वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।

साधारण, परम्परागत र प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्