नुवाकोटका गगनले ल्याए ‘म तिमी तिरै हेर्छु’ गीत



नुवाकोट,फागुन ३ । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसरमा ‘म तिमी तिरै हेर्छु‘ गीत सार्वजनिक गरेको छन ।

शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै गायक श्रेष्ठ र नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापाले संयुक्तरुपमा उक्त गीत र भिडिओ सार्वजनिक गरेका हुन् । मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीत गायक स्वयंको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिने छ ।

गीतमा पविन बराईलीको सङ्गीत, कञ्चन मगर जिआरको शब्द र सञ्जिव बराईलीको संयोजन रहेको छ ।

गीतको म्युजिक भिडिओलाई निकेश खड्काले निर्देशन गरेको छ । दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ ।

भिडिओमा गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेका छन् ।

नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्