पेट्रोलियम पदार्थको मूल्य समायोजन: पेट्रोल बढ्यो, डिजेल र मट्टीतेल घट्यो

काठमाडौ,फागुन ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०।५८ रुपैयाँले बढेर र डिजेलमा ३।५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।
अब पेट्रोलियम पदार्थको मूल्य निम्नबमोजिम हुनेछ ।
