अमेरिकाले नेपाललाई दिने भनेको ५ अर्बभन्दा बढीको सहायता डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीद्वारा रद्द

वासिङ्टन डिसी,फागुन ५।अमेरिकाले नेपाललाई दिने भनेको ३९ मिलियन अमेरिकी डलर (५ अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरेको छ ।
एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमार्फत आर्थिक संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको आर्थिक सहायता रद्द गरिएको जानकारी दिएको छ, जसमध्ये आर्थिक संघीयतामा २० मिलियन र जैविक विविधतामा १९ मिलियन छुट्याइएको थियो ।
एफिसिएन्सीले एक्सको पोस्टमार्फत रद्द गरिएका खर्चको सूची सार्वजनिक गरेको छ, जसमा ४८६ मिलियन अमेरिकी डलरको ‘निर्वाचन र राजनीतिक प्रक्रिया सुदृढीकरण कन्सोर्शियम’को सहायता पनि समावेश छ ।
यस्तै, मोल्दोभामा समावेशी र सहभागी राजनीतिक प्रक्रियाका लागि २२ मिलियन, भारतमा मतदाता सहभागिता वृद्धिका लागि २१ मिलियन, बंगलादेशमा राजनीतिक परिप्रेक्ष्य सुदृढीकरणका लागि २९ मिलियन र एसियामा अधिगम परिणाम सुधारका लागि ४७ मिलियनको सहायता पनि रद्द गरिएको छ ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी सरकारको खर्च घटाउने र कार्यक्षमता बढाउने उद्देश्यले ट्रम्पको आदेशमा स्थापना भएको हो ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेकै दिन गत जनवरी २० मा विभिन्न देशहरूमा दिइने अनुदान सहयोग कटौतीको घोषणा गरेका थिए । उनले सबै नयाँ विदेशी सहायता, इजरायल र इजिप्टका लागि सैन्य सहायताबाहेक अन्य सहायता तीन महीनाका लागि रद्द गर्ने बताएका थिए ।
त्यसपछि अमेरिकाले सोही महीनामा युएसएआईडीका चार परियोजनामार्फत नेपाललाई दिइने अनुदान सहायता कार्यक्रम तीन महीनाका लागि रद्द गरेको छ । ती परियोजनाहरू सन् २०२२ मे ५ मा हस्ताक्षर गरिएका विकास उद्देश्य सम्झौताअन्तर्गतका हुन् । एजेन्सीको सहयोगमा