नुवाकोटको पर्यटकीय क्षेत्र सुइँरे चौरको सिमाङ्कन



नुवाकोट,फागुन ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको पर्यटकीय क्षेत्र सुइरेचौरको सिमाङ्कन गरिएको छ ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङको रोहवरमा जिल्ला नापी कार्यालयबाट खटिइ आएका कर्मचारीहरु,शिवपुरी ७ का वडा अध्यक्ष बीरबहादुर तामाङ तथा शिवपुरी गाउँपालिका नापी शाखा प्रमुख सुदिप केसी,प्राबिधिक शितल रिमाल र प्रहरी प्रशासन र स्थानीयको उपस्थितिमा सुइरेचौरको वास्तविक जग्गाको सिमाङ्कन गरिएको हो ।

यसअघि गाउँपालिकाले आसपासका जग्गा धनी तथा सधियारलाई सार्वजनिक सूचना जारी गरी अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको थियोे । सिमाङ्कनका लागि स्थानीय सधियार तथा जग्गा धनीको समेत रोहवरमा नाप गरी २१ रोपनी १३ आना जग्गा सिमा छुट्याइ किला गाडिएको वडा नम्बर ७ का अध्यक्ष बीरबहादुर तामाङले बताए ।

गाउँपालिकाका उपाध्यक्ष विरबहादुर तामाङका अनुसार सिमाङ्कन पश्चात पर्खाल निर्माण र स्मारक पार्क निर्माणका लागि अगाडि बढाइनेछ। पर्यटन सम्भावना बोकेको यस क्षेत्र विकासका लागि १ करोड २० लाख बजेट समेत प्राप्त भैसकेकाले तत्काल निर्माण समिति खडा गरी काम अगाडि बढाइने उपाध्यक्ष तामाङले बताए ।

काठमाडौको सिमानासंग जोडिएको सुइरे चौरबाट नुवाकोट-रसुवाका विभिन्न हिमशृङ्खला, रसुवादेखि धादिङका केहि स्थान, ऐतिहासिक नुवाकोट दरवारको दृश्य अबलोकन गर्न सकिन्छ । शान्त र रमणीय बाताबरणमा अबस्थित यस चौरले रात्रिकालिन सपरिवार बसाइ को लागि, नाइट फाएर क्याम्प, साथीहरू सङ नाइट स्टे को लागि र वनभोजका लागि उपयुक्त स्थानको रुपमा चर्चा पाउदै आएको छ।

प्रतिक्रिया दिनुहोस्