बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,फागुन ११ । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
यो सँगै छापवाला सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।