नुवाकोट शिवपुरीका युवा तामाङको आर्थिक सहयोगमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता



तस्वीर:सरिता खड्का

नुवाकोट,फागुन १२ । नुवाकोट शिवपुरी गाउँपालिका ५ नेपानेका स्थानीय युवा पासाङ तामाङको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित जालपादेवी आधारभूत विद्यालय विद्यालयमा सोमबार भएको प्रतियोगितामा जनज्ञान निकेतन माध्यमिक विद्यालय शिवपुरी-८, प्रथम भएको छ भने कुम्भेश्वर माध्यमिक विद्यालय शिवपुरी -७ दोस्रो भएको छ ।

त्यस्तै प्रतियोगितामा शिवालय आधारभूत विद्यालय तेस्रो र बच्छला आधारभूत विद्यालय सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयका विद्यार्थी समूहलाई नगदसहित १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार, सान्त्वनालाई ३ हजार र सहभागी विद्यालयका विद्यालयलाई ५ सय प्रदान गरिएको छ । प्रतियोगितामा गाउँपालिकाका १३ वटा विद्यालय सहभागी थिए ।

आर्थिक सहयोगदाता तामाङले कार्यक्रम व्यवस्थापनका लागि रुपैयाँ ५० हजार सहयोग गरेका थिए । उनी कार्यक्रम आयोजक विद्यालय जालपादेवी विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्