नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्याका ५५ वर्षीय कार्कीको निधन



नुवाकोट,कात्तिक ३० । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४, आरुखर्क निवासी ५५ वर्षीय भैरव बहादुर कार्की (नारायण कार्की) को निधन भएको छ।

शुक्रबार राति दुप्चेश्वरबाट घर फर्कने क्रममा दुप्चेश्वर गाउँपालिका–६, नौबिसेमा उहाँ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका कार्कीलाई तत्काल थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

काठमाडौँस्थित अस्पतालमा उपचारका लागि पुर्‍याइएका कार्कीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

कार्कीको निधनले पञ्चकन्या गाउँपालिका–४, आरुखर्क क्षेत्रमा शोक छाएको छ।

प्रतिक्रिया दिनुहोस्