बागलुङ बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु



बागलुङ,फागुन १२ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिका ७ भिमगिठेबाट ग्रामीण सडक हुँदै खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । 

ब्रेक फेल भई दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको प्रनाउ यादवले बताए । घटनामा घाइते अन्य चार जनाको बुर्तिबाङमै उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्