काठमाडौँबाट रामेछापतर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना, २४ घाइते



काठमाडौ,फागुन १३ । काठमाडौँबाट रामेछापतर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौँबाट रामेछापतर्फ जादै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते २४ जनाको धुलिखेल अस्पतालमा उपचार जारी रहेकोे प्रहरीले जनाएको छ ।

चालक र सहचालक गम्भीरको अवस्था गम्भीर रहेपनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्