कक्षा ११ की छात्रा शिखा सम्पर्कविहिन



हेटौंडा,फागुन १३ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत वर्ष १६ की शिखा अगस्ती सम्पर्कविहिन भएकी छिन् ।

हेटौँडा–११ थानाभर्याङस्थित डाङडुङे बस्ने शिखा विद्यालय छुट्टी भएर आइतबार घर हिँडेकी थिइन ।

फागुन ११ गते दिउँसोबाट सम्पर्कविहीन भएकी शिखाको खोजी गरिदिन उनका अभिभावक शिव प्रसाद अगस्तीले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्