शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा



काठमाडौं,चैत २४ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग गर्दै शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघले चैत्र २५ गतेदेखि देशभरका विद्यालयहरूमा शैक्षिक गतिविधि स्थगित गर्ने जनाएको हो ।

हडताल अन्तर्गत कक्षा सञ्चालन, परीक्षा, नतिजा प्रकाशनजस्ता सम्पूर्ण कामकाज ठप्प पारिनेछ। महासंघले शिक्षकहरूको पेशागत सुरक्षा, तलब सुविधा र कार्य स्थितिमा सुधार गर्नुपर्ने माग गर्दै आन्दोलन थालेको हो।

सरकारसँग पटक–पटक वार्ता भए पनि माग सम्बोधन नभएको भन्दै महासंघले कडा कदम चाल्नुपरेको बताएको छ। महासंघको नेतृत्वमा विगत ५ दिनदेखि शिक्षक आन्दोलन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्