शिक्षक आन्दोलनले अस्तव्यस्त बानेश्वर माइतीघर सडक



काठमाडौं,चैत २७ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनले बुधबार दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प बन्यो।  शिक्षक बबरमहल–बानेश्वर सडकमा भेला भएर शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्।     

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षक यही चैत २० गतेदेखि आन्दोलित छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालमा गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए । 

शिक्षा ऐन तत्काल जारी हुनुपर्ने लगायतका माग लिएर आन्दोलनरत शिक्षकले बुधबार काठमाडौंको बानेश्वर–बबरमहल सडकखण्ड केन्द्रित आन्दोलन गरेका हुन्।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्