शिक्षक महासंघ सरकारसँग वार्तामा बस्ला?



काठमाडौं,चैत २७ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्ने तयारी थालेको छ । महासंघले वार्ता समिति बनाउन अहिले बैठक बसिरहेको जनाएको छ ।

विगतमा भएका मागहरु सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित आठ दिनदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले शिक्षकहरुलाई दुई पटक वार्तामा बोलाइसकेको छ । तर, शिक्षा ऐन जसरी पनि जारी हुनुपर्ने एकशुत्रीय अडान कस्दै आएका शिक्षकहरुले अन्ततः भोलि वार्तामा बस्ने तयारी थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्