अरनिको राजमार्ग अन्तर्गत भक्तपुर साँगा सडक खण्ड अवरुद्ध



भक्तपुर,चैत २८ । अविरल वर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगा सडक खण्डमा सवारीसाधन आवत जावत ठप्प भएको छ ।

आज बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत साँगामा निर्माणाधीन सडक हिलाम्य भएको छ भने पहिरो गएपछि सडक अवरुद्ध भएको हो । सडक हिलाम्य भएर सवारी साधन फस्न थालेपछि जगातीबाटै यातायातका साधन रोकेर च्यामसिंह, ताथली, नालाहुदै बनेपा जाने सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

साँगा सडक खण्डमा सवारीसाधन आवतजावत ठप्प भएपछि मोटरसाइकलसमेत चल्न नसक्दा राजधानीबाट पूर्व जाने तथा पूर्वबाट राजधानी आउने यात्रु समस्यामा परेका छन् । बाटो हिलो र चिप्लो हुँदा पूर्व जाने गाडीहरू अरनिको राजमार्ग अन्तर्गत जगातीमा रोकिएका छन् छन् ।

प्रतिक्रिया दिनुहोस्