चट्याङ लागेर १३ भेडा मरे



अछाम,चैत २८ । चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् । 

भाटाकाटिया निवासी लोकबहादुर साउँदले पालेका १२ र सर्पबहादुर साउँदको एक भेडा मरेका अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

चट्याङ पश्चात् नौ भेडा हराइरहेका बताइएको छ । लोकबहादुरले ९० र सर्पबहादुरले ८० भेडा पालन गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्