दुर्गा प्रसाईं झापाको भद्रपुरबाट पक्राउ

झापा,चैत २९ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ गरेको छ।
तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि उनले आसाम प्रहरीले समर्पण गराई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको थियो।