शिक्षकहरुलाई प्रधानमन्त्रीको जवाफ: ‘आफ्नो मात्र होइन देशको अवस्था पनि हेर्नुस्’

रुपन्देही,चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।
समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन भन्दै प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने उल्लेख गरे ।
शिक्षकहरुले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने उनको भनाइ थियो ।