सङ्खुवासभाको मकालुमा लेक लागेर एक जनाको मृत्यु 



संखुवासभा,चैत ३० । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्यु भएको हो । 

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए । 

दुर्गम र भौगोलिक अवस्थाका कारण सिग्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्