प्रधानमन्त्री ओली ‌र काँग्रेस सभापति देउवाबीच भेटवार्ता,मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं,वैशाख २ । सरकारको कामकारवाहीलाघ लिएर सत्तरुढ दल नेपाली कांग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ ।

विशेषगरी शिक्षक जारी आन्दोलन, दुई दलबीचको सहमति कार्यान्वन, दुई दलको राजनीतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल केन्द्रीत भएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ ।

देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्