छहरे–टोखा सडकखण्ड अन्तर्गत गुरुङ गाउँमा विद्युतीय गाडी दुर्घटना



नुवाकोट,वैशाख ३ । छहरे–टोखा सडकखण्ड अन्तर्गत गुरुङ गाउँमा विद्युतीय गाडी दुर्घटना भएको छ ।

काठमाडौबाट त्रिशुलीतर्फ आइरहेको बागमती प्रदेशको ००१ ज ९३९ नम्बरको विद्युतीय गाडी दुर्घटना भएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङले बताए ।

बुधबार दिउँसो ४ बजेको समयमा गाडी ब्रेक फेल भइ दुर्घटना भएको चालकको भनाइ उदृत गर्दै निरीक्षक घिसिङले बताए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्