धादिङमा नालीमा एक पुरुषको शव फेला



धादिङ,वैशाख १२ । धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा मृत भेटिएका हुन् ।

प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिव ५० वर्षीय तामाङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । तामाङको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए ।

मृत तामाङ भेटिएको क्षेत्रमा हिजो राती युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले शिल गरि अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्