चट्याङबाट कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु



कास्की,वैशाख १५ । चट्याङ लागेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

सो गाउँपालिकाको वडा नं. ११ स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर २ मजदुरको मृत्यु भएको हो।

मृत्यु हुनेमा सङखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरत पुविर राई तथा सोही ठाउँका वर्ष १८ का महेश राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । मृतकलाई पोष्टमार्टमका लागि पोखरा ल्याइएको छ ।

समुन्द्री सतहदेखि करिव तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिंढी हाल्ने र रेलिङ निर्माण कार्यमा खटिएका ९ जना मध्ये बाँकी सात मजदुर भने सकुशल छन ।

त्यहाँ नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माणको कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्