पञ्चकन्या–५ भद्रुटारमा वडा भवन निर्माण समिति गठन, अध्यक्षमा टिकाप्रसाद कडेल



नुवाकोट,वैशाख १६— जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भदृटारमा नयाँ वडा कार्यालय भवन निर्माणका लागि समिति गठन गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमै निर्माण सुरु गर्ने गरी वडाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियोे ।

हालै मर्ज गरिएको दुप्चेश्वर आधारभूत विद्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा वडा कार्यालय निर्माण गरिने भएको हो । निर्माण कार्यको समन्वय र व्यवस्थापनका लागि गठन गरिएको समितिको अध्यक्षमा टिकाप्रसाद कडेल चयन भएका छन्।

गाउँपालिकाले वडा नं. १ र वडा नं. ५ का लागि छुट्टाछुट्टै बजेट व्यवस्था गरेर यही आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । ‘दुबै वडालाई अहिले २०/२० लाख विनियोजन गरेका छौ। नपुग रकम व्यवस्थापन गरिनेछ।’- उनले भने।

प्रतिक्रिया दिनुहोस्