डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते



डोटी,वैशाख १७ । डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्लाको जोरायल  गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ईभी माइक्रो दुर्घटना भएको हो ।

सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ५०-६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका- ४ का ४५ वर्षीय हर्क नेगी सोही ठाउँका २७ वर्षीय धीरेन्द्र नेगि ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना  नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्