सर्वोच्चको आदेशपछि रेशम चौधरी पक्राउ

काठमाडौं,वैशाख १७। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताए ।
टीकापुर घटनापछि पाँच वर्ष सजाय भेगेका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । सोपछि उने रिहा भएका थिए । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन ।
एसएसपी अधिकारीका अनुसार सो रिटमा सुनुवाई हुँदै सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेपछि उनलाई पक्राउ गरी डिल्लीबजार लगिएको उनले जानकारी दिए ।
चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबिच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो । चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ । पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा भएका थिए । २०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।