नुवाकोट थान्सिङमा भैरहेको महायज्ञका लागि मिश्रद्वारा ५५ कार्टुन खानेपानी सहयोग



नुवाकोट,वैशाख १८ । नुवाकोटको लिखु गाउँपालिका ६ थान्सिङस्थित रामेश्वर धाममा भैरहेको सप्ताह ज्ञान महायज्ञका लागि पञ्चकन्या–२, कविलासका शुभद्रा मिश्रले ५५ कार्टुन खानेपानी सहयोग गरेकी छिन् ।

कालिका माई खाद्य सप्लायर्स छहरेका प्रोपाइटर समेत रहेकी शुभद्रा मिश्रले यही वैशाख १६ गतेदेखि २४ गतेसम्म हुने “सप्ताह ज्ञान महायज्ञ”का लागि  मिनरल पानी सहयोग गरेकी हुन् ।

महायज्ञ व्यवस्थापन समितिका अनुसार यज्ञ अवधिभर भक्तजन तथा सहभागीहरुको सुविधाका लागि आवश्यक पर्ने खानेपानी व्यवस्थापनमा मिश्रको योगदान उल्लेखनीय रहेको उल्लेख छ ।

सहयोग प्रदान गर्दै मिश्रले धार्मिक तथा सामाजिक कार्यमा साना-साना सहयोगहरूले पनि ठूलो अर्थ राख्ने बताइन। “धर्मले मानिसलाई राम्रो बाटोमा डोर्याउँछ, र समाजलाई एकताबद्ध बनाउँछ। आफ्नो तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको छ,” मिश्रले भनिन ।

कार्यक्रम व्यवस्थापन समितिले शुभद्रा मिश्र तथा उनको सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उनको दीर्घायु, सफा जीवन र व्यवसायिक सफलताको शुभकामना समेत व्यक्त गरेको छ।

“धार्मिक कार्यमा सामूहिक योगदानले मात्र समाजमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ,” रामेश्वरधाम संरक्षण सुधार संस्थाले भनेको छ ।

यसैवीच लिखु-६, कुमालठाँटि निवासि सुष्मा श्रेष्ठले  रामेश्वरमधाम संरक्षण सुधार संस्था लाई खानेपानी काे सहजताका लागि पानिकाे जारसहित (वाटर डिस्पेन्सर) सहयाेग गरेकी छिन ।

सप्ताह ज्ञान महायज्ञमा पण्डित जनार्दन पौडेलद्वारा दैनिक अमृतमय कथा वाचन भैरहेको छ । कार्यक्रममा स्थानीय समाजसेवी, व्यापारी तथा विभिन्न संघसंस्थाबाट उत्साहजनक सहयोग प्राप्त भैरहेको आयोजक समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्