प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं,वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।