विजय दानीको लोक दोहोरी एल्बम ‘गाजल आखैमा’ सार्वजनिक

काठमाडौं –वैशाख १९ । गायक तथा सर्जक विजय दानीको लोक दोहोरी एल्बम ‘गाजल आखैमा’ सार्वजनिक भएको छ । सो लोक दोहोरी “गाजल आखैमा” मा स्वर इन्द्र लामा, विजय दानी र सारदा रसाइलीको स्वर रहेको छ । गीतको शब्द विजय दानी र इन्द्र लामाले तयार पारेका हुन भने संगीत (लय) विजय दानीकै रहेको छ। अभिनयमा विजय दानी, इन्द्र लामा, सिबाङी अधिकारी र विज्ञान कार्कीले आफ्नो प्रस्तुति दिएका छन्।
दृश्य निर्माण आर बी फिल्मसले गरेको छ भने निर्देशनको जिम्मा रामहरी भण्डारीले सम्हालेका छन्। एल्बमको उत्पादन तथा वितरण सदिस फिल्म प्रोडक्सनले गरेको हो।
गायक तथा सर्जक दानीले “गाजल आखैमा” एल्बमप्रति धेरै आशावादी रहेको बताउँदै, “यस गीतलाई पनि दर्शकले थप माया दिएर हौसला दोहोरिनेछ भन्ने विश्वास लिएको छु,” भन्दै सबैलाई सुन्न र माया गर्न आग्रह गरेका छन्।
विगतका गीतमा देखिएको प्रेम र समर्थन “गाजल आखैमा” ले पनि दोहोर्याउने विश्वास कलाकार र निर्माण टिमले व्यक्त गरेका छन्।
भिडियो हेर्नुस् :-