एमाले संसदीय दलको बैठक आज बस्ने



काठमाडौं,वैशाख २० । नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको  छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संसद्मा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्