भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि प्रोषेश पाण्डेलाई

काठमाडौं,वैशाख २० । साङ्गीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन् ।
शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।
विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।