ईडीभीको रिजल्ट सार्वजनिक

काठमाडौं,वैशाख २१। अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२६ को नतिजा सार्वजनिक भएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो ।
ईडीभीको नतिजा ईडीभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा हेर्न सकिन्छ।
यदि सो कन्फर्मेशन बिर्सिएको छ भने पनि ‘Forgot Confirmation Number’ मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्नेछ ।