एसिया कप राइजिङ स्टार्सका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौं,कात्तिक २९ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स–२०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
कतारमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले अनुभवी तथा युवा खेलाडीलाई समेट्दै टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा कप्तान लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र लोकेश बम रहेका छन्।
त्यस्तै अर्जुन कुमाल, नन्दन यादव, दीपक डुम्रे, अभिशेष गौतम, इशान पाण्डे, रशिद खान र देव खनालले पनि टोलीमा स्थान बनाएका छन्।
१५ सदस्यीय नेपाली टोली:
सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, रशिद खान र देव खनाल।

